२ जेष्ठ २०८२, बिहीबार
ताजा खबर

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

नागरिक पोष्ट

मंगलवार, २६ असार २०८१

10252 views

10252 views

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

सोमबार, २५ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल आषाढ २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार श्री अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि श्री ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।
नव नियुक्त संचालक श्री ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गर्नु भएका श्री ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्री ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । श्री ज्ञवाली यस अघि पनि यस बैंकको संचालकमा रहिसक्नुभएको अनुभव समेत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?