शुक्रबार, २५ जेष्ठ २०८१
7328 views
7328 views
काठमाडौं । मानवअधिकारकर्मी एवम् एकजना अभियन्ता रुवी खानसहितले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघर मण्डलमा जम्मा भएका उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
निर्दोषलाई जेल हाल्ने र अपराधीलाई खुलेआम रिहा गर्ने ‘जेल भरो’ अभियान लगायत राज्यको चरित्रको उनीहरूले विरोध गरेका छन् ।
त्यसैले विरोध प्रदर्शनलाई प्रहरीले कुटपिट गरेको थियो । निर्मला कुर्मी र सुमदरानी थारुसहितका महिलाहरूमाथि विभिन्न समयमा भएको अपराधको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।