ताजा खबर

सीता सुवेदीको रोइला भाका ‘मार्‍यौ आँखा झिमिक्कै’(भिडियाे)

नागरिक पोष्ट

बिहीबार, २७ बैशाख २०८१

33797 views

33797 views

सीता सुवेदीको रोइला भाका ‘मार्‍यौ आँखा झिमिक्कै’(भिडियाे)

काठमाडौँ– वान लेग कत्थक नृत्याङ्गनाका रुपमा आफूलाई स्थापित गरेकी सीता सुवेदीको रोइला लोक भाकामा ‘मार्‍याै आँखा झिमिक्कै’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोसहित सार्वजनिक भएको गीतमा स्वर सुवेदी र दामोदर भण्डारीको रहेको छ भने शब्द रचना मानकाजी शाक्यको छ । गीतमा सङ्गीत सुवेदीकै रहेको छ ।

गीतको भिडियो निर्देशन खत्रीले गरेका छन् भने छायाङ्कन र सम्पादन केशव विश्वकर्माको रहेको छ ।

ठट्यौली र प्रेमको विषयमा बुनिएको गीतमा सुवेदीसँगै कलाकार सरोज लामिछाने, दिपक न्यौपाने लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय मोडलका रुपमा समेत परिचित सुवेदी ‘मिसेस नेपाल इन्टरनेशनल २०२३’ कि विजेता समेत हुन् । त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभाग अन्तर्गत संगीतमा उनले स्नातकोत्तर समेत गरेकी छिन् ।

उनका झण्डै आधा दर्जन गीतहरु रेकर्ड भएका छन् ।

भिडियाे :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?