४ असार २०८१, सोमबार

ताजा खबर

हिमालयन बैंकको नयाँ शाखा इनरुवा नगरपालिका १ मा

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

5951 views

5951 views

हिमालयन बैंकको नयाँ शाखा इनरुवा नगरपालिका १ मा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीबाट चैत्र १ गते देखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेकी हुन् ।

उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका