ताजा खबर

११४ औ अन्तर्राष्ट्रिय  नारी दिबसको उपलक्ष्यमा १० जना महिलाहरुलाइ सम्मान

नागरिक पोष्ट

मंगलवार, २२ फाल्गुन २०८०

34987 views

34987 views

११४ औ अन्तर्राष्ट्रिय  नारी दिबसको उपलक्ष्यमा १० जना महिलाहरुलाइ सम्मान

काठमाडौ ।गृहिणी महिला संघ नेपालले आज ११४ औ अन्तर्राष्ट्रिय  नारी दिबसको उपलक्ष्यमा १० जना महिलाहरुलाइ सम्मान  गरेकोछ।

फरक फरक बिधामा रहेर समाजलाई विशेष योगदान पुराएका महिलाहरु सम्मानित भएका हुन।सम्मानित हुनेहरुमा चर्चित नायिका केकि अधिकारी , समाजसेवि रोज बिस्ट,लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता बिष्णु माया पौडेल ,पत्रकार तथा कान्तिपुर टेलिभिजनकि समाचार बाचिका श्रद्धा अर्याल ,सफल व्यावसायि  तथा नर्भिक अस्पतालकि निर्देशक मेघा चौधरी ,महिला उद्द्मी देबिका बुढाथोकी हुन।त्यसै गरि रास्टिय महिला क्रीकेट टिमकी कप्तान इन्दु बर्मा ,कानुनबिद तृष्णा न्यौपाने ,बरिस्ठ नेत्र रोग बिसेसज्ञ डा।सन्जिता शर्मा र शिक्षाबिद प्रा।डा।पदमा अर्याल रहेका छन।भूमि सुधार तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा विशेष अतिथिमा रास्ट्रीय समाबेसी आयोगका अध्यक्ष माननिय।डा।रामकृष्ण तिमिल्सिना र काठमाडौ वल्र्ड स्कुलका कोर्डिनेटर नैना चन्द शाह थिए।विशिष्ट ब्यक्तित्वहरु को बिच प्रज्ञा भवन कमलादी काठमाडौमा  भएको उक्त नारी सम्मान २०८० कार्यक्रमको अध्यक्षता भने गृहिणी महिला संघ 
नेपालकी अध्यक्ष अमृता शर्माले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?