६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप: लुम्बिनी र सुदुरपश्चिम प्रदेश टिम फाइनलमा

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

6699 views

6699 views

राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप: लुम्बिनी र सुदुरपश्चिम प्रदेश टिम फाइनलमा

कास्की । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बिनी र सुदुरपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ ।

६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसैगरी सुदुरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । आजको सेमिफाइनल खेलका विजेताहरु भोली हुने फाइनल खेलमा दुई टिम भिड्ने छ ।

सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आजको लिग चरणको खेलमा पुरुषतर्फको खेल भने नसकिएको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?