३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

नेपाल आईडलको पाँचौं संस्करणमा १५२ जनाले प्रतिस्पर्धा गर्दे

नागरिक पोष्ट

शनिबार, १९ फाल्गुन २०८०

17052 views

17052 views

नेपाल आईडलको पाँचौं संस्करणमा   १५२ जनाले प्रतिस्पर्धा गर्दे

काठमाडौं । एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल पाँचौं संस्करण यही फागुन २५ गतेदेखि प्रसारण हुने भएको छ ।
पाँचौं संस्करणमा देशभर भएका ओपन अडिशनदेखि जज राउण्ड अडिशनका हरक्षणको जीवन्त प्रस्तुति यी श्रृंखलाहरुमा हुनेछन्। जज राउण्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघिका संस्करणमा ९० देखि १२० जनासम्म प्रतिस्पर्धी जज राउण्डमा पुगेका थिए। यसभन्दा अघि नेपाल आईडलका चौथो संस्करणसम्म सफलतापूर्वक सम्पन्न भएकाले पाँचौं संस्करण अझ विशेष हुने एपिवान टेलिभिजनको विश्वास छ ।

एपिवानद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म हो । जसले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडलले नयाँ प्रतिभाहरुलाई विशेष अवसर दिँदै आएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?