३ श्रावण २०८२, शुक्रबार
ताजा खबर

अमेरिकाद्वारा रुसमाथि थप पाँच सयभन्दा बढी नयाँ प्रतिबन्धको घोषणा

नागरिक पोष्ट

आईतवार, १३ फाल्गुन २०८०

11816 views

11816 views

अमेरिकाद्वारा रुसमाथि थप पाँच सयभन्दा बढी नयाँ प्रतिबन्धको घोषणा

एजेन्सी । अमेरिकाले रुसविरुद्ध थप पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्धको घोषणा गरेको छ । व्यक्ति र संस्थाहरूमाथि गरी पाँच सयभन्दा धेरै प्रतिबन्ध गरिएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रित रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत वा संस्थागत गरी झण्डै सय जतिलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

रुसी विपक्षी नेता नभाल्नीको जेलमा निधन भएको एक हप्तापछि अमेरिकाले यी प्रतिबन्धको घोषणा गरेको हो । यस्तै युरोपेली सङ्घ (ईयू)ले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकालाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न भएका भन्दै झण्डै दुई सय व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?