७ कार्तिक २०८१, बुधबार

ताजा खबर

ललिता निवास खाली गराउन महानगरको ७ दिने अल्टिमेटम

नागरिक पोष्ट

बिहीबार, १० फाल्गुन २०८०

10422 views

10422 views

ललिता निवास खाली गराउन महानगरको ७ दिने अल्टिमेटम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न १ हप्ताको समय दिएको छ। महानगरले सूचना जारी गर्दै विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न ७ दिनको समय दिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकोले ललिता निवास खाली गराउन महानगरले सक्रियता देखाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?