आईतवार, २१ माघ २०८०
13380 views
13380 views
काठमाडौं । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै रहेको खबर पोस्ट गरिन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना फैलाउन आफूले प्र्यांक गरेको भन्दै शनिबार दिउँसो पुनमले भिडियो सन्देश जारी गरेकी थिइन् । यसलगत्तै बलिउड उनीप्रति आक्रोशित छ ।
अधिवक्ता काशिल खानले उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको आजतकले जनाएको छ । भारतीय सिनेवर्कस् एसोसिएसनले पनि पाण्डेविरुद्ध एफआईआर चलाउन भन्दै मुम्बई प्रहरीमा उजुरी दिएको छ ।