३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा परिन्

नागरिक पोष्ट

बिहीबार, ११ माघ २०८०

24243 views

24243 views

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा परिन्

काठमाडौं । मेनुका पौडेल नेपाल आइडलको अन्तिम ११ बाट बाहिरिएकी थिइन् । उनी निकै प्रतिस्पर्धात्मक मानिएको इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरिन् ।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?