४ असार २०८२, बुधबार
ताजा खबर

केजिएफका नायकको डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा गोर्खा वारियरको स्वराँकन

नागरिक पोष्ट

बुधबार, १० माघ २०८०

16134 views

16134 views

केजिएफका नायकको डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा गोर्खा वारियरको स्वराँकन

काठमाडौं, ८ माघ
आगामी ११ फागुनबाट नेपालमा रिलिज हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको छ । यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यसै क्रममा गोर्खा वारियरको हिन्दी सँस्करणको स्वराँकन कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य नायक रितेस चाम्सको हिन्दी संस्करणको स्वराँकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिन ति कलाकार हुन, जसले दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वराँकन गरिसकेका छन् । केजीएफको च्याप्टर वान र टु हिन्दी सँस्करणमा नायक यशको स्वराँकन सचिन गोलेले गरेका कारण पनि हिन्दी सँस्करणको स्वराँकन निकै प्रभावशाली बनेको थियो । तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको स्वराँकन गरेको यो चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यही चलचित्रबाट नायकको रुपमा रितेशले शिर्ष भूमिकामा डेब्यु गरेका हुन् ।  
यो चलचित्रको हिन्दी सँस्करणमा अरु कलाकारको स्वराँकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको स्वराँकन गर्ने भारतीय डविङ आर्टिष्टको स्वरमा डविङ गर्ने कार्य तिब्रगतिमा भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत समेत रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
हालैमात्र पहिलोपटक बेलायतमा ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) अवार्डका लागि हालै प्रारम्भिक चरणको सूचीमा प्रवेश पाएको छ । यो सँगै गोर्खा वारियर अन्तराष्ट्रिय रुपमै लोकप्रिय हुँदैछ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
यो चलचित्रमा दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित गोर्खा वारियरले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?