४ असार २०८२, बुधबार
ताजा खबर

‘मिस युनिभर्स नेपाल २०२४’ को अप्रिलबाट फर्म खुल्ला गरिने

नागरिक पोष्ट

शुक्रबार, २७ पुष २०८०

16882 views

16882 views

‘मिस युनिभर्स नेपाल २०२४’ को अप्रिलबाट फर्म खुल्ला गरिने

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोजक हेरफेरको जानकारी दिइएको हो । यसअघि उमंग क्रिएसन उक्त प्रतियोगितको आयोजना गर्दै गरेको थियो ।
पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेज र युनिभर्स वुमन २०२३ बिजाता भ्यालेन्टिना सान्चेज ट्रिभेलाको पनि उपस्थिती रहेको थियो ।
साथै आगामी मिस युनिभर्स २०२४ मा कोच भ्यालेन्टिना सान्चेज ट्रिभेलाको सहभागिता रहने छ । सहभागी जनाउन चाहनेहरुले आगामी अप्रिलबाट फर्म खुल्ला गरिने जानकारी दिए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?