ताजा खबर

अमेरिकी अर्थतन्त्र कमजोर, डलरको मूल्यमा लगातार गिरावट

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

29955 views

29955 views

अमेरिकी अर्थतन्त्र कमजोर, डलरको मूल्यमा लगातार गिरावट

अमेरिकी डलरको भाउ निरन्तर ओरालो यात्रामा लागेको छ । अमेरिकी डलरको भाउ सोमबारदेखि लगातार घटिरहेको हो । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो ।

यस्तै मंगलबार १३२ रुपैयाँ ७३ पैसा (खरिद दर) र १३३ रुपैयाँ ३३ पैसा बिक्री दर रहेको अमेरिकी डलरको भाउ बुधबार खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको अमेरिकी डलरको भाउमा कायम भएको थियो । आज बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?