आईतवार, २२ पुष २०८०
10313 views
10313 views
काठमाडौं । व्यवसायी करण चौधरीको नेतृत्वमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति बनेको छ । काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् । साथै, सातै प्रदेशबाट थप १/१ जना संस्थागत सदस्य पनि बनेका छन् । नयाँ कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ । साधारण सभामा नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ कार्यसमितिलाई जिम्मेवारी पनि हस्तान्तरण गरेका छन् । अब नाडाको विधानअनुसार नयाँ कार्य समितिले नै महासचिव लगायतका पदाधिकारी चयन गर्नेछ ।
यी हुन् नाडाको नयाँ कार्यसमिति सदस्यहरू
अध्यक्ष : करण चौधरी
सदस्यहरु:
राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल दीपेन्द्र कुमार मिश्र, पङ्कज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ
संस्थागत सदस्यहरू (प्रदेशबाट) सञ्जयकुमार श्रेष्ठ, तेजनारायण साह, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ गणेश प्रसाद भट्टराई, भद्र भण्डारी पुष्कर राज ओझा