३ श्रावण २०८२, शुक्रबार
ताजा खबर

टिकाराम सापकोटालाई सोफा हव काठमाडौँको स्कुटर उपहार

नागरिक पोष्ट

शनिबार, २३ मंसिर २०८०

10097 views

10097 views

टिकाराम सापकोटालाई सोफा हव काठमाडौँको स्कुटर उपहार

काठमाडौँ। सोफा हब काठमाडौँको स्कुटर उपहार चितवनका टिकाराम सापकोटाले जितेका छन् । सोफा हब काठमाडौँले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक गरेको दशैँ अफरको विजेता चितवनका सापकोटा बनेका हुन् । सोफा हबले आज काठमाडौँमा आयोजना गरेको उपहार सार्वजनिक कार्यक्रममा दशैँ तिहारमा विक्रि भएका ३०० भन्दा बढी सोफाको कुपनमार्फत किरोश धरेलले थुतेको चिठ्ठामार्फत सापकोटा विजेता बनेका हुन् ।

‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ सञ्चालित सोफा हबमा रु ३० हजारभन्दा बढीको सोफा किन्ने भाग्यमानी एक विजेता सापकोटाले इभी स्कुटर जितेका हुन् । सोफा हबका प्रबन्ध निर्देशक एवम् युवा व्यवसायी तारालाल (हरि) धरेलले दशैँका ग्राहकलाई लक्षित गरेर चितवन र काठमाडौँको सोफा हबबाट सोफा किन्नेलाई उक्त स्कुटर प्रदान गरिएको जानकारी दिनुभयो ।

सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ । सञ्चालक धरेलले विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाशं ग्राहकको रोजाईको केन्द्र बनेको बताउनुभयो । कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको धरेलले बताउनुभयो ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत गरिदिँदै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । १५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको सो सेफाहबबाट सोफा खरीद गर्न काठमाडौँको सामाखुशीमा ९८२०११४८७० गोठाटारमा ९८५११५२५८९ र चितवनमा ९८४५७२८१५६ साथै सोफा हब काठमाडौँ एट जिमेल डटकममा सम्पर्क गरेर सोफा अर्डर गर्न सकिनेछ । यस्तै, फेसबुक पेज र टिकटकमार्फत पनि सोफा अर्डर गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?