३ श्रावण २०८२, शुक्रबार
ताजा खबर

कर्णालि प्रदेश सेभेन रग्बि प्रतियोगिता हुदै

नागरिक पोष्ट

शनिबार, २३ मंसिर २०८०

14860 views

14860 views

कर्णाली प्रदेश रग्बि संघको आयोजना तथा कर्णालि प्रदेश खेलकुद बिकास समितिको सहयोग तथा गोर्खालि रग्बि क्लब काठमाडौंको टेक्निकल सहयोगमा यहि मिति २०८० मंसिर २३ र २४ गते हुन गइरहेको कर्णालि प्रदेश सेभेन रग्बि प्रतियोगिता २०८० कालिन्चोक रग्बि रंगशालामा हुने भएको छ ।१०औ राष्ट्रिय प्रतियोगिताको मुख्य तयारिको लागि कर्णाली प्रदेश बाट ७ पुरुष टिमको सहभागिता रहने छ । कर्णाली प्रदेश रग्बि संघ र गोर्खालि रग्बि क्लब काठमाडौं संग यस प्रदेश रग्बि संघको २ वर्ष सम्मको लागि कर्णाली प्रदेशमा रग्बिको बिकास र बिस्तारमा टाइ अप हस्ताक्षर गरेको थियो यसैको बाबजुत हामिले नेपाल रग्बि संघ‌ तथा बागमती प्रदेश खेलकुद बिकास समितीको आयोजनामा भएको दोस्रो बागमती प्रदेश नेसनल रग्बि सेभेन २०८० मा स्वर्ण पदक र कोशी प्रदेश रग्बि संघ तथा नेपाल रग्वि संघको सयुक्त आयोजनामा भएको नेसनल यु २० राष्ट्रिय प्रतियोगितामा यस कर्णाली प्रदेशले स्वर्ण पदक सफल भएको थियो । गोर्खाली रग्बि क्लब र कर्णाली प्रदेश रग्बि संघको मुख्य उद्देश्य कर्णाली प्रदेशमा गाउँ देखि केन्द्र सम्म रग्बि खेलको बिकास गर्ने उदेश्य रहेको छ । प्रतियोगितामा यस प्रदेशबाट ७ जिल्लाको सहभागिता रहने छ जसमा :- सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, रुकुम पुर्व र सल्यान बाट पुरुष टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता भोलि ९:०० बजे बाट लिग चरणमा खेलाइने छ । जसमा समुह ए मा ४ टिम र समुह बि मा ३ टिम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?