समाचार : सूचना र जानाकारी

१५०० वर्ष पुरानो भीरमा झुण्डिएको मन्दिर

135

करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए । चिनियाँ को मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ ।

चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ ।

यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन् ।

विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो यति बलियो रहेको जानकारहरु बताउँछन । हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ र भनिन्छ जुनसुकै धर्म मान्ने मानिसको लागि पनि यो आस्थाको धरोहर रहेको छ जहाँ मनले चाहेको पुरा हुने बिश्वास गरिन्छ ।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।