Notice


चार भोट ! तीनवटा मतपत्रमा, जनचेतनाका लागि सक्दो शेयर गरौ

5.1K
यसरी हाल्नुहोस् भोट

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तीन वटा मतपत्रको चार ठाउँमा मतदान गर्नु पर्नेछ । प्रत्येक मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दा पहिले हरियो रङ्गको मत पत्र दिइने छ । यसमा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवारलाई मतदान गर्नुपर्छ । आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा मत दिएपछि मत पेटिकामा खसाल्नुपर्छ ।

प्रतिनिधिसभाको मतपत्र जिल्ला अनुसार फरकफरक हुनेछ । जिल्लामा रहेका उम्मेदवारको मात्रै चुनाव चिन्ह हुन्छ । हरियो रङ्गको मतपत्र मतपेटिकामा खसालीसकेपछि कालो रङ्गको मतपत्र दिइने छ । यो मतपत्र प्रदेशसभाका उम्मेदवारलाई भोट हाल्न हो । यसमा पनि जिल्लामा रहेका उम्मेदवारको मात्रै चुनाव चिन्ह हुन्छ । यसमा भोट हालेर छुट्टै मतपेटिकामा खसालेपछि प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतदानका लागि रातो रङ्गको मतपत्र दिइने छ । यसमा भने दुई ठाउँमा मतदान गर्नुपर्छ । मतमत्रको माथिल्लो भागमा प्रतिनिधिसभा तर्फको चुनाव चिन्ह हुनेछ । यसमा ८८ वटा चुनाव चिन्ह हुन्छ र यो देशैभर एकैखालको हुन्छ ।

दीपिका रिमाल थापा को फोटो।

तर मतपेटिकाको तल्लो भागमा भने प्रदेश अनुसार फरकफरक हुन्छ । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा तर्फको समानुपातिकका लागि आफूले चाहेको दलको एक चिन्हमा र त्यसको तल्लो भागमा प्रदेशसभाका लागि आफूले चाहेको दलको चिन्हमा मतदान गर्नुपर्छ ।

दीपिका रिमाल थापा को फोटो।

सम्बन्धित समाचार

तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि

काठमाडौं । तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि समूहको भवन शिलान्याश गरिएको छ । प्रदेश सांसद योगेन्द्र संगौलाद्धारा बिनियोजीत ३० लाख रुपैया बराबरको बजेटमा काभ्रेस्थलीका सामुदायीक कृषक समूहको भवन निमार्ण हुन लागेको हो । करिव