स्थानीय चुनाव २०७४ - प्रदेश - संघ महानगर, नगर, गाँउपालिका विशेष

शिवपुरी गाउँपालिका प्रमुखमा पदम उप्रेतीको पक्षमा जनमत, को हुन् पदम उप्रेती ?

27.2K

स्थानीय निर्वाचन नजिकिँदै जाँदा नुवाकोट जिल्लाका गाउँगाउँमा चुनावी लहर बढेको छ । देशैभरी एमालेको जनलहर उर्लिएर आएको छ । सोही अनुसार  शिवपुरी गाउँपालिकाको प्रमुखमा एमालेको तर्फबाट उमेद्वारी दिएका पदम उप्रेती को ( शिवपुरी गाउँपालिका प्रमुखमा पदम उप्रेती, ) पक्षमा जनमत देखिएको छ । गाउँपालिकाको आठै वडा एमालेमय बनेको छ । आठै वटा वडामा एमालेले आक्रामण रुपमा प्रचारप्रसार र चु्नावी कार्यक्रमलाई तिब्र बनाएको छ । विकासका लागि राजनीति र सामाजिक रुपान्तरणका लागि महिला ससक्तीकरणमा दुई दशकदेखि लागि परेका पदम उप्रेतीको पक्षमा चुनावी माहोल बनेकोले उप्रेतीको जीत सुनिश्चित रहेको स्थानीयबासी बताउँछन् ।  शिवपुरी गाउँपालिकालाई स्मार्ट भिलेज बनाउनको लागि आर्थिक, सामाजिक, कृर्षि, पर्यटन विकासको  लागि युवालाई नेतृत्व दिने अध्यक्षका दाबेदार उप्रेतीको भावी कार्ययोजनाले शिवपुरी गाउँपालिका प्रमुखमा उप्रेतीको जीत बलियो बनाएको छ । समग्र शिवपुरीको विकासको लागि एमालेलाई जिताउन स्थानीयबासीहरु उत्साही भएको पदम उप्रेतीले बताए  ।

देशैभर एमालेको पक्षमा जनलहर, १४२ जना नेकपा एमालेका उम्मेद्वारले निर्विरोध जिते

को हुन् पदम उप्रेती ?

थानापति ८ स्थायी घर भएका पदम उप्रेती बौद्धिक, समाजसेवी, नेतृत्व क्षमता भएका व्यक्तिभित्र गनिन्छन् । समुदायमा महिला समूह सञ्चालन मार्फत बाख्रा पालन कार्यक्रम योजना ल्याएर महिला ससक्तीकरण र उद्यमशीलता बढाएका उप्रेती विकासप्रेमी पनि छन् । थानापति गा.वि.स मा आजभन्दा २० वर्ष अगाडी नै एक घर एक धारो एक गाउँ एक कुलो व्यवस्थापनबाट पदम उप्रेती जनतामाझ लोकप्रिय बनिसकेका थिए । थानापति ७ सातदोबाटेस्थित श्री जनज्ञान मा.वि स्कूलाई उच्चमाध्यमिक स्कूलको भौतिक पूर्वाधार निर्माणका लागि उप्रेतीले महत्वपूर्ण योगदान पुर्याएका छन् । विकासका लागि राजनीतिक सोच र छवि बोकेका पदम उप्रेतीले सामाजिक कार्यक्रममार्फत समाज रुपान्तरण, महिला ससक्तीकरण, शैक्षिक र सामाजिक विकासमा गरेका जनपक्षीय कामहरुले शिवपुरी गाउँपालिकामा उनको जीत बलियो रहेको स्थानीयस्तरका बुद्धिजीवि, समाजसेवी तथा राजनीतक विश्लेषकहरुले आँकलन गरेका छन् ।  

नव निर्मित थानापती स्वास्थ्य चौकी भवन उद्घाटन समारोहमा प्रमुख अतिथि विशेष अतिथि, जग्गा दाता एवम् अतिथिहरूमा थानापती स्वास्थ्य चौकीको स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारीका प्रतिनिधिहरु र स्वास्थ्य स्वयम्सेविकाहरुको साथ विकासप्रेमी सक्षम व्यक्ति - पदम उप्रेती २०७३ चैत १८ गते