स्थानीय चुनाव २०७४ - प्रदेश - संघ महानगर, नगर, गाँउपालिका विशेष

माओवादी केन्द्रको शिवपुरी गाउँपालिका प्रमुखमा तामाङ र उपप्रमुखमा शुसिला थापा

26.7K
 स्थानीय चुनावको माहोल देशभैरि लागेको छ । सबै राजनीतिक पार्टीहरु आफ्नो आधार इलाका गठन र स्थानीय महानगर, नगर र गाउँपालिकाको चुनावमा होमिएका छन् । नुवाकोट शिवपुरी  गाउँपालिकामा माओवादी केन्द्रको प्रमुखमा  मीन बहादुर तामाङ, उपप्रमुखमा शुसिला थापा र थानापति वडा न ८ को वडाअध्यक्षमा उपेन्द्र उप्रेतीको साथमा थप उमेदवारहरु नेकपा माओवादी केन्द्रले टुंगो लगाएको छ ।    थानापति ८ को वडा अध्यक्षको उमेद्वार उपेन्द्र उप्रेतीको चर्चा  समग्र थानापतिको बिकासका लागि आत्मनिर्भर, समुन्नत र समृद्ध समाज निर्माणमा - मेरो उमेद्वारी  : उपेन्द्र उप्रेती, वडा अध्यक्ष, थानापति ८, नुवाकोट    २०४६ सालमा नुवाकोट थानापति ८ मा जन्मिएका उपेन्द्र उप्रेती १४ वर्षदेखि नै राजनीतमा होमिएका हुन् । १० वर्षे जनयुद्धकालदेखि नै माओवादी पार्टीप्रति आस्था र विश्ववास राख्दै २०६२/०६३  पछि उप्रेती  सक्रिय रुपमा  माओवादी केन्द्र निकट अखिल नेपाल पर्यटन मजदुर संघका महासचीव तथा काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी लिदै पार्टी र जनताको हितमा काम गर्दै आएका छन् । हाल उपेन्द्र उप्रेती २७ वर्षको यात्रा पार गरिरहेका छन् ।

 जनताको अपनत्व सहित आत्मनिर्भर समाजको लागि उद्यमशील उत्पादनशील विकासमा युवाको नेतृत्वमा जोड

भाषा, संस्कृति राष्ट्रको पहिचान

समग्र थानापतिको बिकासका लागि माओवादी केन्द्रलाई मतदान ।

 

 

 
Loading...