Nepal Khabar


देशकै उत्कृष्ट न्यूरोसर्जनको निधन, चिकित्सा क्षेत्रमा अपूरणीय क्षति

798

३८ वर्षका न्यूरोसर्जन डा.सुवाष लोहनीको निधन भएको छ । टोखास्थित ग्राण्डी टावरमा बेहोस अवस्थामा फेला परेका छन । सोमबार दिउसो करीब ३ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डा.लोहनीले दे’ह’त्या’ग ग’रे’को जनाईएको छ। लोहनीलाई देशकै सबैभन्दा आशाजनक न्यूरोसर्जनका रुपमा लिइन्थ्यो । लोहनीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको र उनको निधनले स्तव्ध बनाएको उनका सथिहरुले बताएका छन । लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा काम गरेका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध थिए ।