Nepal Khabar


प्रधानन्यायाधीश विरूद्ध सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास

98

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न पेसागत संगठनहरुले मार्चपास गर्ने भएका छन् । प्रन्या जबरा विरुद्ध नागरिक समाजका सदस्यसहितको मार्चपास बिहीबार गर्न लागिएको हो ।

बिहीबार बिहान ९ बजे सर्वोच्च अदालतदेखि सुरु हुने मार्चपास बालुवाटार पुगेर टुंगिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिलेसम्म प्रधानन्यायाधीश जबराविरुद्ध कानुन व्यवसायी मात्रै आन्दोलित भएकोमा अब भने पेसागत संगठन र सर्वसाधारण समेत सहभागी हुनेछन् । उनले जनता पनि जाग्नुपर्ने बताउँदै मार्चपासमा सहभागी हुन अपिल गरे ।