Nepal Khabar


रेडियो नेपाललाई ३९ जना कर्मचारी चाहियो (सूचना हेर्नुस्)

315

काठमाडौ । रेडियो नेपालले इन्जिनियरलगायत विभिन्न पदमा गरी ३९ कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। शुक्रबार सूचना प्रकाशन गरी रेडियो प्रसार सेवा विकास समितिले ३ इन्जिनियरसहित ३९ जना माग गरेको हो। जसमा १० जना प्राविधिक सहायक, ७ जना वरिष्ठ प्राविधिक सहायक तथा अन्य विभिन्न पदमा १९ जना आवश्यक भएको रेडियो नेपालले जनाएको छ।

उक्त पदहरू लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताबाट पूर्ति गरिने सूचनामा भनिएको छ। योग्य र इच्छुकले सम्बन्धित पदमा २१ दिनभित्र आवेदन दिन आह्वान गरिएष्को छ।