Nepal Khabar


शे–फोक्सुण्डो तालको सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

84

डोल्पा : शे–फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

बुधबार बिहान करिब १० बजेतिर दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीय युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । बेपत्ता भएका राजु पाण्डेको खोजी कार्य भैरहेको छ ।