Nepal Khabar


मंगलवारको दिन गर्नुहुदैन यस्ता काम, पाप लाग्छ

588

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन् । मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

यसैगरी आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई गणेश भगवानसँगै हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।

मंगलबार अवश्य गर्नुहोस् यस्ता काम गर्नुहोस्मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ ।मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।

मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ ।

यसैगरी मानिसको जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ र उसकाे जन्म कुन्डली जन्मबार र समय अनुसार निर्माण गर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ। आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो।मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ। यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ। शनिबारको कारक ग्रह पनि शनि नै हो। यसरी जन्मबार र समयलाई ग्रहले धेरै प्रवाभ पारेको हुन्छ। ग्रहले आयआर्जनमा निकै प्रभाव पार्ने गर्छ।