Nepal Khabar


काठमाडौंमा अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा थप, भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने

1K

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा थप गरिएको छ । डीएमसीसीसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने भएको छ । काठमाडौं जिल्लामा निषेधाज्ञा थपिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । जारी आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

यसैगरी कोरोना सङ्क्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरु परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।