Nepal Khabar


नेपालमा थप नयाँ भेरियन्ट फेला, सबै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने

1K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै  नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको जनाएको हो ।  मन्त्रालयका अनुसार ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन (ए वाईआई) भेटिएको जनाएको छ। देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमूनाहरू विध स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित ‘डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर फर उक्सलेन्स इन जिनोमिस, द इन्सिच्युट अफ जिनोमिस एण्ड इन्टिग्रेटिभ  बायोलोजी (आईजीआईबी)’ मा ‘सेक्वेन्सिङ’ का लागि असार ३० गते पठाइएको थियो।  उक्त नमूनाहरूको जिनोमिक पहिचान गर्दा सबै नमूनाहरूमा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टी भएको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ वटामा थप उत्परिवर्तन ‘के४१७ एनम्युटेसन’ भेटिएको छ जसलाई ‘ए।वाईआई’ नाम पनि दिइएको छ।  यी सहित हालसम्म नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७)र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ।  यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ।