Nepal Khabar

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण

189

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन्।

योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९१२ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन्। 

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।