Nepal Khabar

दाङमा करिब १० केजी चरेससहित दुईजना पक्राउ

70

दाङ – दाङमा करिब १० केजी चरेससहित दुईजना पक्राउ परेका छन् । नौ केजी ९३० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका–१ का २१ वर्षीय सुदीप सिंजालीमगर र बागलुङकै बडिगाड गाउँपालिका–२ का ३० वर्षीय रेमबहादुर भुजेल रहेका छन् ।

बिहीबार दिउँसो ३ बजेतिर गढवा गाउँपालिका–१, धानखोलास्थित हुम्ला रलिङ होटेलमा चरेसको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा सेतो प्लास्टिकमा बेरी राखिएको उक्त परिमाणको चरेस फेला परेको रिजालले बताउनुभयो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।