Nepal Khabar

एडीबीले नेपाललाई खोप किन्न पौने २० अर्ब ऋण दिने

84

काठमाडौं - एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ७४ करोड रुपैयाँ ऋण दिने भएको छ । उक्त सहयोगबाट नेपालले सुरक्षित र प्रभावकारी खोप खरिद गर्ने बताइएको छ ।

नेपालमा राष्ट्रिय विकास र खोप योजना अन्तर्गत १ करोड ५९ लाख मात्रा खोप खरिदको योजना छ । यस योजनाबाट ६८ लाख नेपालीले खोप प्राप्त गर्ने आकलन गरिएको छ ।

एडीबीले नेपालका लागि उक्त सहयोग स्वीकृत गरेसँगै नेपालको खोप योजना थप प्रभावकारी हुने अनुमान गरिएको छ ।