Nepal Khabar

जलविद्युत उत्पादक कम्पनीको प्रबन्ध सञ्चालक घिमिरेलाई काममा नलगाउने निर्णय

56

काठमाडौं - विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक अनन्तराज घिमिरेलाई अर्को निर्णय नभएसम्म काम नगर्ने, नगराउनेनिर्णय गरेको छ । मध्य पश्चिम विश्वविद्यालयका डीन घिमिरेलाई सरकारी दोहोरो सुविधा लिने गरी कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त भएपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

बैठकले घिमिरेलाई १५ दिन भित्र यसबारे स्पष्ट पार्न समय दिएको छ । विश्वविद्यालयले गत पुसमा एक वर्षका लागि अध्ययन बिदा दिएकोमा घिमिरे उक्त कम्पनीको सञ्चालकमा नियुक्त भएका थिए । सञ्चालक समितिले विज्ञ समूहबाट घिमिरेलाई प्रबन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो । सरकारको ७१ प्रतिशत शेयर रहेको यो कम्पनीको अध्यक्षमा ऊर्जा सचिव छन् ।