Nepal Khabar

युरो कप विथ फोन लोन’ को विजेता लक्ष्मी बैंकका ग्राहक बने

84

काठमाडौं - फोन लोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् । उनले सामसङ्ग को ५५(इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो । यसमा फोनलोन सन्जालका ५ बैंक – लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।

विजेता छनोट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।