Nepal Khabar

सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठको विशेष पहलमा ३० परिवारलाई खाद्यान्न वितरण

1.2K

काठमाडौं । कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञाका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ । सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठको विशेष पहलमा काठमाडौं स्वयम्बु  क्षेत्रका महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका ३० परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने, अति विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई खाद्य सामाग्री सहयोग गरिएको उनले बताईन् । राज्यले कोही भोकै नपरुन, कोही भोकै नमरुन भन्ने नीति लिएको भएपनि जनताको आवश्यकता पुरा नगरेको बताउँदै आफूहरुले अत्यन्तै समस्यामा परेका परिवारलाई सहयोग गरिरहेको सामाजिक अभियन्ता श्रेष्ठले बताईन् । कोरोना भाइरसका कारण संसार नै आक्रान्त भएको बेला सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा उनको जोड छ । यस अभियानका लागि अमेरिका निवासी  Keith Federman ले सहयोग गर्नु भएको छ । त्यस्तै, सामाजिक अभियन्ता श्रेष्ठले अमेरिका निवासी  Sumati Patel लाई पनि बिशेष धन्यवाद व्यक्त गर्नुभएको छ । 

वितरण गरिएको सामाग्रीहरुम चामल एक बोरा, दाल, तेल, आलु, प्याज लगायतका खाद्य सामाग्री रहेको पत्रकार तथा  समाजसेवी राजन थापाले जानकारी दिए । सरकारले निषेधाज्ञा गरेर संक्रमण फैलनबाट देशलाई जोगाउन गरेको प्रयासमा सबै मिलेर साथ सहयोग दिनुपर्ने भएपनि खाद्यान्न नपाएर भोकभोकै बस्न पर्ने बाध्यता भएका र अस्पतालमा बेड, अक्सिजन नपाएर विरामिको मृत्यु हुंदा सम्म सरकार भने राजनितिक खिचतानिमा व्यस्त भएको समाजसेवी थापाको आरोप छ । ‘देशमा एक प्रकारको बिपद् आएको छ, उनले भने, यसमा सबैले सहयोग गर्न आवश्यक भएको छ । जसको आर्थिक अवस्था कमजोर छ । त्यसले मात्र राहत प्याकेज लिनु नै सबैको हित हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको द्रोस्रो लहर नेपालमा पनि फैलिएसंगै गत चैत्र १६ गते देखि जारी निषेधाज्ञा लम्बिदै गएपछि उपत्यकाका विभिन्न ठाउँमा समस्या भएको छ । उक्त खाद्य सामग्री समाजसेवी रिता सापकोटा, लक्ष्मी बस्नेत, जयप्रकाश , सुर्य बैदार लगायतको उपस्थितिमा वितरण गरिएको थियो ।