Nepal Khabar

विपी युथ सर्कलका युवाद्धारा निशुल्क खाना वितरण अभियान

0.9K

सबु बस्नेत, काठमाडौं - निषेधाज्ञाको प्रभावले गर्दा काठमाण्डौं उपत्यका भित्र ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई दैनिक एक छाक टार्न गाह्रो भएको छ । विषम परिस्थितीमा विभिन्न अभियन्तहरुले काठमाण्डौँका विभिन्न ठाउँमा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई निशुल्क खाना वितरण गरिरहेका छन् । त्यस्तै एक भिन्न प्रकारले विगत एक साता भन्दा अगाडि देखि वीपी युुथ सर्कलका युुथहरुको समुहले काठमाण्डौँको माछापोखरीमा निशुल्क भोजन सेवा प्रदान गरिरहेका छन् । सो अभियानका अभियान्तहरुले कोही भोको बस्न नपरोस भन्ने उद्येश्यका साथ यो अभियान शुरु गरेको वीपी युथ सर्कलका वागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुवास कट्टेलले नागरिकपोष्टसँग भन्नुुभयो ।सरकारले पुन एक हप्ता लकडाउन थपेको छ यस्तोमा तपाई अभियानताहरुले यो अभियानलाई कसरी अगाडी बडाउनुहुुन्छ भन्दा निशुल्क खाना वितरणका अभियान्ताहरु भन्नुहुन्छ अभियानको दसौँ दिनमा आइपुुग्दा सहयोगी हातहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ त्यैसैले हामीले यस कार्यलाइृ निरन्तरता दिन्छौ यो रोकिदैन र रोक्दैनौँ ।

निशुल्क खाना खुवाउने अभियानको लागि नेपाली काङ्ग्रेसका नेता एबम ब्यबसायी हरि गीरीले १० हजार आर्थिक सहयोग गर्नु भएको छ भने यस्तै अध्ययन र रोजगारका लागि प्रवासमा रहेका पुरुषोत्तम नेपालले धर्मपत्नी मिना अधिकारी मार्फत अभियानलाई १० हजार रुपैया सहयोग गर्नु भएको छ । जय गीरी, कृष्ण गिरिलगाएत युवाहरुले पनि वीपी युथ सर्कललाई आर्थिक सहयोग गरेको बागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुबास कट्टेलले जानकारी गराउनुभएको छ । विषम परिस्थितीलाई मध्यनजर गरी सञ्चालन गरीएको सो अभियान बास्तबमै महत्वपुर्ण रहेको छ ।