Nepal Khabar

सामाजिक अभियन्ता रिना श्रेष्ठको जन्मदिन बालआश्रममा

875

सबु बस्नेत,काठमाडौं - कोरोना भाइरस महामारीका कारण सारा विश्व नै दुख, पीडा र सङ्कटमा छ । डेढ महिना अघि देखि कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित भएका छन् । ज्याला मजदुरी र सडक पेटीमा बास गर्ने मानिसहरुको अवस्था दयनिय बन्दै गएको छ । सरकारले केही दिन यता लकडाउन लाई लुजडाउन गरेता पनि कुनै व्यवसाय तथा पेशा गर्ने मानिसले काम पाई हाल्ने अवस्था भने रहेको छैन । कोरोना संक्रमण दर घटे पनि यसको अन्य अवस्था आउन सक्ने विज्ञहरु बताई रहेका छन् । निषेधाज्ञा खोल्ने हो कि बन्द गर्ने के होला भन्ने एक प्रकारको अन्यौलनै परीरहेको छ । अहिलेको समयमा सबैलाई विहान बेलुकाको छाक टार्न गाह्रो भईरहेको छ ।

समस्याहरु आउँछन् र समाधानको पनि उपायहरु हुन्छन् यस्ता समस्या टार्न विभिन्न समाजसेवी सामाजिक अभियन्ता तथा दयालु मन भएका व्यक्तिहरुले विभिन्न प्रकारले सेवा गरिरहेका छन् । त्यस्तै आज सामाजिक अभियान्ता तथा सामाजिक संस्था 'साथी संगी' नेपालकी अध्यक्ष रीना श्रेष्ठले आफ्नो जन्मदिन काठमाण्डौँको गौशला स्थित एक बाल आश्रममा रहेका करीब ३० जना भन्दा बढी बालबालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाउनु भएको छ । 

समाजसेवी रिना क्षेष्ठले विगत लामो समयदेखि आफुले सकेको सहयोग महिला तथा जेष्ठ नागरिक वर्गहरु र अन्य पिछडियका वर्गहरुलाई पनि सहयोग गर्दे आउनु भएको छ । यसरी सबैले आफुले सकेको सहयोग गर्न सके र जन्म दिन विवाह उत्सबहरुमा फजुल खर्च गर्नु भन्दा यस्ता आश्रमहरुमा मनाउदा आफ्नो मन पनि रमाउने र त्यस ठाउँका अन्य व्यक्तिहरु पनि रमाउने भएकोले आफुलाई थाहा भए देखिनै यसरी जन्म दिन मनाउदै आएको श्रेष्ठ बताउनु हुन्छ । अन्य व्यक्तिहरुलाई पनि आफ्नो जन्मदिन ,वर्ष गाँठो तथा खुशीका क्षणहरु यसरीनै साट्न आग्रह समेत गर्नुहुन्छ सामाजिक अभियन्ता श्रेष्ठ ।