Nepal Khabar

निशुल्क खाना खुवाउने अभियानमा बि पि स्टडि युथ सर्कल काठमाण्डौँ

392

सुबास जि सि, काठमाडौ -  बि पि स्टडि युथ सर्कलले बिगत एक साता देखि संचालन गर्दै आएको निशुल्क खाना खुवाउने अभियानमा नेपाल सरकारको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री रेनुका गुरुङ्ग उपस्थित भएर अभियानको थप शोभा बढेको देखियो । सरकारका लागि नबनियुक्त मन्त्री गुरुङ्गले आफू बालक देखि नै सामाजिक काम कार्य गर्दै आएको भन्न भ्याए पनि यस्तो विषम परिस्थितिमा पनि युबाहरुले चालेको यो कदमप्रती शुभकामनाका शब्दहरु दिन भने भ्याउनु भएन ।

सायद मन्त्री ज्यु लाई आफू कुनै चुनाबी मैदानमा मतदाताहरुको सम्बोधनमा भएको अनुभुती भएछ क्यारे उहाले उपस्थित सामु आफू निर्वाचित भएर साम्सद भए देखि गरेका बिकास र सेवाको वर्णन गर्न भ्याइ नभ्याइ भएको पाइयो । महिला तथा बालबालिका मन्त्री रेणुका गुरुङ्ग उपस्तिथि यस अभियानमा निशुल्क खाना खान बाध्य मजदुरहरु मध्य महिला तथा बालबालिकाहरु अत्याधिक देखिन्थे । कार्यक्रममा करिब करिब 25 मिनेट उपस्थित भएर सहभागीता जनाउनु भएकी मन्त्री गुरुङ्गले शुभकामना शब्दको साटो अधिकाम्स समय आफ्नै गित गाएर बिताउनु भयो । तर पनि जे होस हामी नब नियुक्त मन्त्री ज्युमा काम गर्ने हिम्मत र चाहना छ भनेर अनुमान गर्न भने यसै अभिव्यक्ति बाट सहज अनुमान लगाउन सक्छौ ।

 यश अभियानमा बरिस्ठ पत्रकार ऋषि धमला समेत उपस्थित थिय । धमलाले भने आयोजक टिम लाई हौसला र प्रेरणा दिदै यस्ता काम आगामी दिनमा पनि गर्दै जान अनुरोध गर्न भ्याए । धमलाले भोका गरिब र अन्याएमा परेका जनताको साथमा हामी सम्पुर्ण पत्रकार छौ भन्दै आयोजकलाइ यो अभियान लाई अझ अगाडि बढाउन प्रेरित गर्दै शुभकामना दिए । यो निशुल्क खाना अभियान आज ९ औ दिनमा चलिरहेको छ ।