Nepal Khabar

चालू आर्थिक वर्षका दोस्रो त्रैमासमा मुलुकमा भटमासको आयात दुई गुणाभन्दा धेरैले बढी

441

काठमाडौं, २९ चैत । चालू आर्थिक वर्षका दोस्रो त्रैमासमा मुलुकमा भटमासको आयात दुई गुणाभन्दा धेरैले बढेको पाइएको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा नेपालमा २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको भटमास (कच्चा पदार्थको रूपमा) भित्रिएको छ, जुन गत आर्थिक वर्षको तुलनामा २४० प्रतिशत बढी हो ।

विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनामा ७ अर्ब ५२ करोड रुपैयाँको भटमास आयात भएको थियो ।

चालू आर्थिक वर्षको फागुनसम्ममा आयात भएको उक्त परिमाणको भटमासको कच्चापदार्थ प्रशोनधन गरी व्यवसायीले निर्यात भने २३ अर्ब १२ करोड रुपैयाँ बराबरको गरेका छन् ।

पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुको सूचीको अग्रस्थानमा भटमासको तेल रहेको छ, जुन भारतमा निर्यात हुने गरेको हो । यसअघि निर्यात वस्तुको सूचीमा पाम आयल रहेको थियो । तर भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि भटमासको तेल निर्यात बढेको हो ।

व्यवसायीले कच्चापदार्थको रूपमा भटमास ब्राजिल, अर्जेन्टिना र तेस्रो मुलुकबाट आयात गरेर प्रशोधन गर्ने गरेका छन् ।