Nepal Khabar

'भाइरल रोड' : दाङको नागबेली सडक अचानक भाइरल भएपछि…

875

दाङको घोराही उपमहानगरपालिका-११  हापुरखोला रोड भनेर स्थानीयले दिएको नाम अचेल फेरिएर 'भाइरल रोड' भएको छ। भाइरल भएपछि यो सडकको चर्चा दूरदूरमम्म भइरहेको छ। मानिसहरू अटो, बाइक र गाडी चढेरै यहाँ आउँछन्।

टिकटकलगायत सामाजिक सञ्जालमा सयौंले  यो सडकको भिडिओ र तस्बिर पोष्ट गरेको देखेर यहाँ आएका छन्। 

यो सडक तुलसीपुर-घोराही सडक खण्डको नारायणपुर बजारदेखि सुरू हुन्छ र उत्तरमा टिकरी नारेबाङसम्म जोडिएको छ।

उक्त सडक खण्ड रमन केएस जेभी सुदुरपश्चिम महेन्द्रनगरले  निर्माण गरेको हो। कम्पनीका सवइञ्जिनियर गोकुल साउदका अनुसार पुसमा सडक कालोपत्रेको काम सकिएको छ तर अरू काम अझै सकिएको छैन।