Nepal Khabar


आम हड्ताल बिरुद्ध महेश बस्नेतको अगुवाईमा राजधानीमा जुलुस

1K

काठमाडौं । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आम हड्तालकै बीच नेकपा केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ। नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्ग स्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटी स्थित शुक्रबार आयोजित कार्यक्रम स्थलसम्म निकालिएको हो ।

सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’ लगायतका नारा लगाएका थिए। क्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारी स्वरूप स्वयंसेवकहरू लाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।