Nepal Khabar नेपाल खबर

दशैमा गाउँघर जाँदै गरेको फोटो फेसबुकमा नहाल्न प्रहरीको यस्तो अपील !

665

दशैमा गाउँघर जाँदा डेरा वा घरमा तालाचाबी ठोकेर गाउँतिर गएको जानकारी फेसबुकमा फोटो पोष्ट नर्गन प्रहरीले अनुरोध गरेको छ ।  गाउँघर गएको जानकारी सोसल मिडियामार्फत छिटो सबैमाझ पुग्ने हुदा अपराधिक गतिविधि गर्नेलाई सहज हुने भन्दै प्रहरीले सर्वसाधारणलाई फेसबुकमा गाउघर गएको फोटो पोष्ट नगर्न भनेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलले दशैंका बेला कोठामा चाबी ठोकेर घरतिर जाँदा फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेर नहिँड्न आम नागरिकसँग आग्रह गरेका छन्। घरै बन्द गरेर जाने हो भने नजिकैको प्रहरीलाई जानकारी गराएर जानु राम्रो हुने पोखरेलको सुझाव छ।