Nepal Khabar नेपाल खबर

सिन्धुलीबाट दुःखद खबर : ३५ जना सवार बस दुर्घटना, हताहतको विवरण यस्तो छ

896

सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।  बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ।