Nepal Khabar नेपाल खबर

सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर हुन सक्छ - अध्ययनका रिपोर्ट यस्तो छ

1.3K

- डा.भगवान कोईराला (मुटुरोग विशेषज्ञ) 

दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर आएको छ । एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा। भगवान कोईरालापनि अनिन्द्रा मुटु रोगको प्रमुख कारण रहेको मान्नुहुन्छ । केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्यालेन्समा खान नसक्नु । उहाँ कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण हो भन्नुहुन्छ ।

अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने बताएके हो । अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा धेरै हुने गर्दछ ।

‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल ९मुटुका लागि असल० कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् । यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मान्न सकिन्छ ।

अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृत्यु हुनेगरी मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) वा हृदयघातको जोखिम बढ्दैन ।

तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाटै हुन्छ भन्ने प्रमाणित भएको कुरा सत्य नभएको पनि बताए । उनका अनुसार त्यस्ता व्यक्ति ९मेटाबोलिक सिन्ड्रोम भएका० र अपर्याप्त निद्राबीच सम्बन्ध हुनसक्ने बताए । यसरी हेर्दा यो कुरालाई हामी दावा गर्न सक्दैनौ कि कम सुत्नेहरु मुटु रोगका कारण मर्छन तर खत्तरा भने हुन्छ ।

फर्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छनौट गरेका थिए । औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सिन्ड्रोमका कम्तीमा तीन जोखिम लक्षण भेटिएको उनिहरु बताउँछन् ।

अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए । मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् । उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले जानकारी दिए ।

त्यस्तै अर्को महत्वपुर्ण कुरा ६ घन्टाभन्दा बढी सुत्नेहरुमा मेटाबोलिक सिन्ड्रोमग्रस्त मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो । फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे । उनीहरुमा अन्य कुनै पनि कारणबाट मृत्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो ।

अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो । किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जोखिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेनन् । एक रात स्लिप लेबोरोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ भन्न नसक्ने जनाइएको छ ।