Nepal Khabar नेपाल खबर

भारतमा पटका कारखानामा भयानक विस्फोट : २३ को मृत्यु, २७ घाइते

623

 भारतमा रहेको एक पटका कारखानामा भयानक विस्फोट भएकाे छ । विस्फाेटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् भने अन्य २७ जना घाइते भएकाे बताइएकाे छ । याे विस्फाेटन सन् २०१७ पछिकै ठूलाे मानिएकाे छ । पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।