Nepal Khabar नेपाल खबर

कविता- आऊ ! शान्तिकाे सन्देश बाेकेर आऊ !!

497

आऊ!

~पुष्पा दुलाल

शान्तिकाे सन्देश बाेकेर आऊ !

अनेकतामा एकता बाँधेर आऊ !

आऊ! सुन्दर शान्त समाज बनाऊँ

भाइ भाइबीचको वैमनश्यता तोडेर आऊ!

रिस राग त्यागी सद्भाव बढाऊँ

मिलेर एउटा सुन्दर समाज बनाऊँ

जुटेर अब ज्ञानको दियो जलाऊँ

समस्याको जडलाई मेटाऊँ

शान्तिको सन्देश बोकेर आऊ !

आऊ! सुन्दर समाज बनाऊँ। ••