Nepal Khabar नेपाल खबर

सावधान ! काठमाडौंको धुलोमा क्यान्सर :मास्क नलगाई हिँड्नु झनै खतरनाक

630

काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष अध्ययनहरूले निकालेका छन् । 

विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा बढी प्रदुषित छ । संसारका २९० शहरमध्ये काठमाडौं सातौं वायु प्रदुषित शहर हो ।

नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै गरेको अध्ययन अनुसार काठमाडौंको धुलोमा क्यान्सर गराउने–स्मरण शक्ति घटाउने धातु फेला परेको छ । नास्टको विज्ञान संकायका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्त नेतृत्वको टीमले गत जेठमा गरेको अप्रकाशित अध्ययनले धुलोमा स्वास्थ्यलाई असर गर्ने विभिन्न धातु फेला परेको निश्कर्ष निकालेको हो ।

तिग्राम धुलोमा औसतमा तामा ६.१ माइक्रोग्राम, फलाम ४१३० माइक्रोग्राम, निकेल १०.५ माइक्रोग्राम, शिशा २० माइक्रोग्राम र जस्ता (जिंक) १२९ माइक्रोग्राम भेटिएको डा. पन्तले अनलाइनखबरलाई जानकारी दिए । उनको टोलीले काठमाडौं रिङरोडको २७ किलोमिटर दुरीका ४० स्थानबाट नमुना संकलन गरेको थियो ।

यो पनि पढ्नुहोस

काठमाडौंमा साथीहरु मास्क नलगाई हिँड्छन् : प्रधानमन्त्री

रिङरोडका धुलोहरू एएएसमा राखेर परीक्षण गर्दा तामा, निकेल, फला, जस्ता र शिशा फेला परेको हो । त्यसमध्ये पनि फलामको मात्रा सबैभन्दा बढी आठ हजार १३५ माइक्रोग्राम भेट्टिएको छ । न्यूनत्तम तामाको मात्रा प्रति ग्राम धुलोमा ०.६ माइक्रोग्राम थियो ।

रोगको खानी

धुलोमा पाइने धातु मानव स्वास्थ्यका लागि हानीकारक अत्यन्त हानीकारक भएको चिकित्सकहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी निकेलका कारण क्यान्सर लाग्न सक्ने बताउँछन् । अध्ययनमा समेटिएको क्षेत्रमा निकोलको मात्रा प्रतिग्राम धुलोमा २५.३५ माइक्रोग्रामसम्म फेला परेको छ ।

यो पनि पढ्नुहोस 

प्रधानमन्त्रीलाई सांसद रंगमतीको आग्रह : मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाऔं

बजारमा पाइने प्रायः मास्क धुलाका ठूला कणमात्रै छेक्ने खालका छन् । डा. बाबुराम मरासिनी पनि काठमाडौंको प्रदुषणबाट बच्न सामान्य मास्क अपर्याप्त रहेको बताउँछन् । उनका अनुसार वायु प्रदुषणबाट जोगिन एन–९५ मास्क आवश्यक पर्छ ।