Nepal Khabar नेपाल खबर

अध्ययनको लागि भारत गएका सुरेन्द्र केटि (प्रियंका) बनेर घर फर्केपछि… परिवारमा हंगामा

6.7K

काठमाडौं – बुबा संगै भारत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल घर फर्किदा केटि बनेर फर्किएका छन् । भारतमा अध्यन गरि उज्वल भबिष्य बनाउने सपना बोकेर भारत पसेका सुरेन्द्र नेपाल फर्किदा प्रियंका बनेर फर्किएका हुन् । उनि केटि बनेर फर्किए पछी प्रहरीमा उजुरु समेत परेको छ । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् । केटि बनेका सुरेन्द्र ले औषधि खुवाएर र सुइ लागाएर आफु केटि बनेको प्रहरी समक्ष्य बयान समेत दिएका छन् ।

उनलाई भारत कै केहि तेश्रो लिंगी समुहले बन्दि बनाएको थियो । एक स्थानीयका अनुसार केटि बनेका सुरेन्द्र को पुरै हौ भाउ केटि कै जस्तो रहेको छ । लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए । प्रियंकाको आवाज भने परिवर्तन भएको छैन । केटाजस्तै आवाजमा बोल्छिन् प्रियंका ।कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने सपना बोकेका सुरेन्द्रको लिङ्ग परिवर्तन किन गरियो भन्ने जिज्ञासामा बुवा जयराज भन्छन्, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुने रहेछ ।’