Nepal Khabar नेपाल खबर

जडीबुटी देखि साँगा चोक सम्म ५० किमी प्रति घण्टा भन्दा बढी कुदाउन नपाईने !

1.1K

भक्तपुरमा सवारी दुर्घटनाका घटनाहरु वढ्न थालेको भन्दै भक्तपुरको सीमाना मनोहरा पुलदेखि काभ्रे साँगा चोक सडकखण्डमा सवारीको गति नियन्त्रण गर्ने अभियान सुरु गर्ने भएको छ ।मनोहरा पुल–सूर्यविनायक ६ लेन र सूर्यविनायक–साँगा चोकसम्मको २ लेन सडकमा यो नियम लागू गर्न लागिएको हो ।अब मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० किमी प्रति घण्टाको गतिमा गुडाउनु पर्नेछ ।यो नियम असार १ गतेबाट लागु गरिने महानगरीय प्रहरी परीसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।