Nepal Khabar नेपाल खबर

काठमाडौंसहित आसपासका क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

686

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं र आसपासका क्षेत्रमा विभिन्न स्थानहरुमा हावा हुरीसहित वर्षा हुनसक्ने जानकारी दिएको छ ।आइतबार साँझ ट्विट गर्दै महाशाखाले हावा हुरीसहितको वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।महाशाखाको ट्विटमा उल्लेख छ, ‘ुभर्खर विकशित भएको प्रणालीका कारण धेरै स्थान प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन अनुरोध छ।’भर्खर बिकशित भएको प्रणालीको कारण काठमाडौँ लगायत मध्य भूभागका धेरै स्थान हावाहुरी तथा मेघ गर्जन सहित बर्षाले प्रभावित हुने देखिएकाले सतर्क रहन हुन अनुरोध छ |

भर्खर बिकशित भएको प्रणालीको कारण काठमाडौँ लगायत मध्य भूभागका धेरै स्थान हावाहुरी तथा मेघ गर्जन सहित बर्षाले प्रभावित हुने देखिएकाले सतर्क रहन हुन अनुरोध छ |यस्तो हुनेछ तिना दिनको मौसम-जेठ २६ गते (आईतवार)राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रहने सम्भावना छ । देशका पश्चिम र मध्य भूभागका केहि स्थानहरुमा तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।जेठ २७ गते (सोमवार)दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंसिक देखि सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ ।

देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंसिक देखि सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।जेठ २८ गते (मंगलबार)दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।