Nepal Khabar नेपाल खबर

छिनमा हावाहुरी र छिनमा वर्षा, पूर्वी भेगमा खतरा, सचेतना अपनाऔं !

1.2K

काठमाडौं । मुलुकभरको मौसम बिग्रिरहँदा छिनमा हावाहुरी र छिनमा वर्षा भइरहेको छ । पश्चिमी चापिय असरका कारण सुदूरपश्चिममा बिहीबार बेलुकी तीव्रगतिमा हावा हुरी आयो । त्यो क्रमले शुक्रबार बिहानसम्म काठमाडौंमा निरन्तरता पायो । 

अब यो हावाहुरी बिस्तारै पूर्वतिर सरिरहेको छ । मौसमविद् विभूती पोखरेलले हावाहुरीसहितको वर्षा र चट्याङ पूर्वतिर सरेको भन्दै सचेतना अपनाउन आग्रह गरेकी छिन् । 

उनले हावाहुरी र मेगर्जनसहितको वर्षा केही दिन रहने पनि जनाएकी छिन् । उनले भनिन्, ‘प्रिमनसुन यस्तै हुन्छ, यसले हावाहुरी निम्त्याउँछ, यो क्रम अझै रहन्छ ।’

यी समाचारहरु पनि पढ्नुस्–

सुदूरपश्चिममा हावाहुरीका कारण दुईको मृत्यु, एक सय भन्दा बढी घाइते  

हावाहुरीले आधा घण्टामै तहसनहस पारेको सुदूरपश्चिम पृथ्वी राजमार्ग अवरुद्ध, मौवाखोलामा पहिरो, सयौं सवारीसाधन अलपत्र